Websoft University

अध्यक्ष ढकाल र अमेरिकन पूर्व विदेश मन्त्रि माइक पोम्पेओबीच भेट


काठमाडौं । रातो तारा डट कम,सिउल, दक्षिण कोरिया। मित्र राष्ट्र दक्षिण कोरियाको मैत्रीपुर्ण भ्रमणमा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाका पूर्व विदेश मन्त्रि माइक पोम्पेऒ संग कोरियाको राजधानी सिउलमा भेट गर्नु भएको छ।

भेटमा नेपालको समसामयिक बिषयमा पूर्व विदेश मन्त्रि पोम्पेऒले चासो राख्नु भएको र नेपाल जनताको सुख र संमृद्धिको कामना गर्नु भएको थियो। पूर्व मन्त्रि ढकालले अमेरिका नेपालको एक मुख्य विकास साझेदार रहेको र आगामी दिनमा नेपालको बिकासमा थप सहयोग गर्न अनुरोध गर्नु भयो।   ढकालले विश्वका बिज्ञहरु सम्मिलित थिङ्क ट्यांक २०२२ को फोरममा मध्यस्तकर्ताको भूमिका निभाएका थिए ।   उक्त फोरममा पूर्व विदेश मन्त्रि पोम्पेओ तथा अन्तराष्ट्रिय अटोमिक इनर्जी एजेन्सीका महाप्रबन्धक मोहम्मद एल बारदेइ प्रमुख बक्ता हुनुहुन्थ्यो। साथै  युनिभर्सल पिस फेडेरेशनको आयोजनामा सिउलमा यहि अगष्ट ११ देखि १५ सम्म अन्तराष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.