Websoft University

बसबाट लडी एक बृद्धको मृत्यु


बिराटनगर  साउन १७ गते । रातो तारा डट कम(मगलवार) मोरङको कानेपोखरी गाउँपालिका(२ स्थित सडक खण्डमा बसबाट लड्दा एक जना बृद्धको मृत्यु भएको छ । आज बिहन ११ बजे कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको को।१ख ४१८८ नम्वरको बसमा सवार रहेका कानेपोखरी(२ मोरङका ७३ बर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडी घाईते भएका थिए । घाईते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त बस र चालक रतुवाईमाई नगरपालिका(२ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.