Websoft University

जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण


बिराटनगर, २०७९ श्रावण २ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको समेत निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो ।


प्रहरीको आचरण र ब्यवहार सुधार गरी आम नागरिकहरुसंग सदैव शिष्ट र सभ्य व्यवहार गर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान गर्न, फरार अपराधिलाई पक्राउ गर्न, आफ्नो कार्यालय तथा बिभिन्न असभावका सामग्रीहरुको हिफाजत गर्न, सामुदायिक साझेदारी कार्यक्रमलाई प्रभाकारी बनाई बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरी नागरिक र प्रहरीको सम्वन्ध सुमधुर बनाउन, प्राकृतिक स्रोत साधनको अवैध दोहन रोक्न र सवारी दुर्घटना न्युनिकरणको लागि प्रभावकारी चेकिङ गर्न निर्देशन दिनु भयो । सोही क्रममामा आगामी हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षाका योजनाहरु तयार गरी सम्पुर्ण प्रहरी कर्मचारीहरु निर्वाचनमा खटिन तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.