Websoft University

लायन्स क्लबले गरेको रक्तदान कार्यक्रममा २५ प्रिन्ट रगत संकलन


 शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ५ स्थित बाँसबारीमा लायन्स/लियो क्लब अफ बाँसबारी, लायन्स क्लब अफ सलकपुर, लायन्स क्लब अफ मोरङ, लायन्स क्लब अफ बलिया, लायन्स क्लब अफ इटहरी बुद्धको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।


सुन्दरहरैंचा वार्ड नं ५ का वडाध्यक्ष गणेश चौधरीको प्रमूख आतिथ्यतामा भएको उक्त 


कार्यक्रममा लायन्स क्लब अफ बाँसबारीका अध्यक्ष लायन खगेन्द्र सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा बाँसबारी भजन समूह, किरात राई यायोक्खा, साजीलाल टोल विकास संस्थाको सहयोग रहेको थियो।

रगतको अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले लायन्स क्लब अफ बाँसबारीले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ र आउँदा दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष खगेन्द्र सिग्देलले बताएका छन्। 

त्यसैगरी रक्तदान कार्यक्रममा जम्मा २५ प्रिन्ट रगत संकलन गरिएको थियो भने विराटनगर रेड क्रस सोसाइटीको प्राविधिक सहयोग रहेको लायन्स क्लब अफ बाँसबारीकी सचिव पवित्रा गौतम भण्डारीले बताएकी छिन्। त्यसैगरी उक्त कार्यक्रममा विशिष्ट अतिथिमा सुन्दरहरैचा वडा नम्बर ४ का वडाध्यक्ष कैलाश बस्नेत ,रिजन चेयरपर्सन मनिता दंगाल , जोन चेयर पर्सन सन्जु सिवाकोटी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.