Websoft University

नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा भएको अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न


इलाम । नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा इलाममा तिन दिवसीय  ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा गत शुक्रबारदेखि आईतवार सम्म आयोजना भएको प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । सहभागिहरुलाई आईसीसी प्यानल अम्पायर बुद्धि बहादुर प्रधान, लेभल टु अम्पायर कमलेश झा र उज्वल रेग्मीले प्रशिक्षण दिएका थिए ।



जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा भएको समापन कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा नि.वर्तमान सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण), नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यष रोशन कुमार सिंह, नेकोस राष्ट्रिय क्रिकेट संघका केन्द्रिय ईन्चार्ज दिपेन्द्र प्रसाद ढकाल र नेपाल खेलकुद महासंघ प्रदेश अध्यक्ष राजकुमार थापा लगायतको उपस्थिती रहेको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा नि.वर्तमान सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण)ले नेपाल सबैभन्दा बढी सम्भावना भएको खेलनै क्रिकेट भएको र यो खेललाई अगाडी बढाउने सबै एकजुट भएर लाग्नु पर्ने बताए । उनले क्रिकेट विकासको लागी नेकोस राष्ट्रिय क्रिकेटले गरेको कार्य एकदमै सराहनिय र लाभदायक भएकोले अगामी दिनमा पनि यो संघले अझै उप्लब्धि मुलक कार्यहरु गर्नेमा विश्वास ब्यक्त गरे । उनले नेपाल क्रिकेट संघको वर्तमान कार्य समितीले आईसीसीबाट लागेको आर्थिक  निलम्वन फुकुवा गर्न महत्वपूर्ण भुमिका खेलेकोेमा प्रशंसा गरे ।

कार्यक्रममा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहले नेकोस राष्ट्रिय क्रिकेटले आयोजना गरेको तिन दिवसीय  ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रमले नेपाल भरि नयाँ अम्पायर तथा स्कोररहरु उत्पादन हुने विश्वास ब्यक्त गरे । उनले नेकोस राष्ट्रिय क्रिकेट संघले क्यानसँग सहकार्य गरेर यो कार्यक्रमा आयोजना गरेकोमा संघका अध्यक्ष तथा पदाधिकारीहरुलाई धन्यवाद दिए ।

नेकोस राष्ट्रिय क्रिकेट संघका केन्द्रिय ईन्चार्ज दिपेन्द्र प्रसाद ढकालले प्रशिक्षण कार्यक्रममा सहभागि भएकाहरुलाई शुभकामना दिए । उनले बर्षातको समयमा पनि क्रिकेटलाई माया गरि नेपालको बिभिन्न जिल्लाबाट आएकोमा नेपालमा क्रिकेट खेलप्रतिको लगाव बढेको र अगामी दिनमा सबै जिल्लाहरु खेलकुदमय हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा इलाम जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले यो प्रशिक्षण कार्यक्रमले आफ्नो जिल्लामा पनि अम्पायर र स्कोरर उत्पादन हुने र इलाममा क्रिकेट गतिबिधिहरु अझै बढेर जाने विश्वास ब्यक्त गरे ।

नेकोस राष्ट्रिय क्रिकेट संघका अध्यक्ष बिप्लव घोषले कार्यक्रमलाई सफल बनाउन बिशेष भुमिका खेलेको इलाम जिल्ला क्रिकेट संघलाई धन्यवाद दिए । उनले नेपालको मेचीदेखि महाकालीसम्म क्रिकेटमय बनाउने अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको बताए । नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा अगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने घोषले बताए ।

बिप्लव घोषका अनुसार नेकोस राष्ट्रिय क्रिकेट संघले अब निकट भविष्यमा  ‘ओ’ लेभल क्रिकेट कोचिङ कोर्ष आयोजना गर्ने र महिला क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा नेपाल विभिन्न जिल्लाबाट कुल ३४ प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.