Websoft University


श्याम राई, उदयपुर  गाईघाट, १८ असार। रातो तारा डट कम, त्रियुगा नदीमा लगाएको बाध शुक्रबार रातीको भारी वर्षासँगै आएको बाढीले बगाएको छ ।

उदयपुरको चौढण्डीगढी नगरपालिका–१० स्थित शिब नगर र वाहुन्ना खोला दोभानमागरि झण्डै २ सय ५० मिटर बाध बाढीले बगाएको हो । त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालयका प्रमुख रेवाकान्त यादबले बाढीले बाध भत्काएको बताए ।‘ त्रियुगा नदीमा भर्खरै लगाएको तटबन्धको केही खण्ड भत्काएको छ । ’उनले भने ।  भारी वर्षाको कारण बाढी ठूलै आउदा बाध बगाएको उनले बताए ।

यो वर्ष तटबन्ध निर्माणको काम गजुरमुखी कान्छाराम बुध्दहिमाली जेवि काठमाडौं र कालिका शर्मा कुमार जेवि कन्ट्रक्शन काठमाडौंले गरेको थियो । निर्माण कम्पनीले निर्माण सम्पन्न गरेर आयोजना कार्यालयलाई हस्तान्तरण नगरेको कारण बाढीले भत्काएको तटबन्ध सोही कन्ट्रक्सनबाट पुःन मर्मत संभार गरिने योजना प्रमुख यादबले बताए ।

सदरमुकाम गाईघाटको होक्से हुदै सप्तकोशी सम्मको ४२ किलोमिटर नदीको दुबै तर्फ तटबन्ध गर्न सरकारले छुट्टै गुरु योजना बनाएर काम गर्दै आएको छ । योजनामा सरकारले झण्डै ८ अर्व १५ करोडको लागत स्टीमेट सहितको विस्तृत परियोजना प्रतिवेदन बनाएर काम शुरु गरेको प्रमुख डिई यादबले बताए ।





 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.