Websoft University

गोठगाउँ चौकमा ट्रफिक प्रहरीको माग


शिव भट्टराई, मोरङ साउन ४ गते बुधबार | रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भुवनसिंह मगरको नेतृ्त्वमा

 स्थानियहरूको समुहले क्षेत्रीय ट्राफिक कार्यालय ईटहरीका एस पी बाशुदेब खतिवडा संग भेटी गोठगाउँ चौकमा ट्रफिक प्रहरीको माग गरेका छन् ।

उत्तर पट्टी पुर्वाञ्चल बिश्वबिध्यालयको मुख्य प्रवेशद्वार रहेको र दक्षिणमा श्री पञ्चायत उच्च मा.बि.को भबन रहेकोले यस क्षेत्रमा अत्याधिक भिड हुने र अत्याधिक मात्रामा दुर्घटना बढेको हुदा यहाँ ट्रफिक प्रहरीको आवश्यकता रहेको स्थानियको माग बमोजिम गोठगाउँमा ट्राफिक बिट राख्न आवश्यकता भएको वडा अध्यक्ष भुवनसिंह मगरले बताएका छन् । 

उक्त भेटघाटमा एसपि खतिवडाले तुरून्त १/२ दिनमै ट्राफिक पठाउने बताएका छन्। यस्तै वडा अध्यक्ष सहित स्थानियहरूको समुह प्रहरी चौकी गछिया गई वडा नं ७ लगायत वरिपरि भित्रिबाटोमा पनि अझ सक्रिय भई शान्ति सुरक्षाको लागि अनुरोध गरेको छ । 

जवाफमा वडा नं ७ मा सक्रियताका साथ डिउटी गरिरहेको भएपनी अझ सक्रिय भई लाग्ने, गछिया र गोठगाउँमा ट्राफिक प्रहरी सँगै नेपाल प्रहरीले पनि संयुक्त रूपमा चेकिङ गरि सहयोग गर्ने, यसका लागि स्थानियले पनि सहयोग गर्नुपर्ने प्रहरी चौकी गछियाका प्रमुख चिरञ्जीवी खड्काले बताएका छन् ।उक्त टोलिले ट्राफिक नियम उल्लंघन गर्ने जोसुकैलाई पनि कार्वाहि गर्न कुनै दल र संगठनको दवावमा नपर्न अनुरोध गर्दै, स्थानियको तर्फबाट प्रहरीलाई आवश्यक सहयोग गर्ने बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.