Websoft University

एक वर्षे बालिका अपहरण गरेको आरोपमा प्रेमि प्रेमिका पक्राउ


विराटनगर । रातो तारा डट कम, विराटनगरबाट दुई दिन अगाडी एक वर्षिय बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   

बालिका अपहरणमा संलग्न विराटनगर ६ रामपुर चौकका २७ वर्षिय रविन्द्र कुमार साह र विराटनगर ५ कारखाना टोलकी २७ वर्षि अनु साहलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । पक्राउ परेका अनु र रविन्द्र २–३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरू अबिवाहित हुन् ।  पक्राउ परेका मध्ये बालिका अपहरण गर्ने मुख्य योजनाकार रविन्द्र रहेको प्रहरीले जनाएको छ । रविन्द्रलाई प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको हो । रविन्द्रलाई पक्राउ गरेपछि मोरङ प्रहरी र १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर रिटमा कार्यरत प्रहरी निरीक्षकको टोलीले भारतको दरभंगाबाट अपहरित बालिका र अपहरणमा संलग्न अनुलाई पक्राउ गरि बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरि मोरङ प्रहरीले सार्वजानिक गरेको हो ।

प्रेमिकालाई प्रयोग गरेर बालिका अपहरण गरि १५ लाख रूपैयाँ फिरौति लिने योजना असफल बनाउँदै प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्दै  १२ महिनाकी अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । विराटनगर – १२ रोडशेष चौकबाट सोमबार विहान ९ बजे बुढीगंगा १ का दिपेन यादवकी छोरी निकिशालाई प्रहरीले भारतको दरभंगाबाट उद्धार गरेर बुधबार विहान विराटनगर ल्याएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.