Websoft University

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु ३ जना घाईते


सुनसरी, २०७९ असार २० गते । सुनसरीको भोक्राहा नरसिंह-५ मा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आईतवार बेलुका साढे ३ बजे  पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ४०९३ नम्वरको मोटरसाईकल र दक्षिणबाट उतर तर्फ हाइवे क्रस गर्दै गरेको को १९ प ९९६५ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा  मोटरसाईकलमा सवार ४ जना घाईते भएका थिए । घाईते चारै जनालाई  उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा  को १९ प ९९६५ नम्बरको मोटरसाईकल चालक भोक्राहा नरसिँह-५ बस्ने ४५ बर्षीय रजाक मियाको उपचारको क्रममा  मृत्यु भएको र अन्य ३ जनाको सोहि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.