Websoft University

नार्कले थप २ नयाँ जातको धानको बीउ विकास गर्यो


काठमाण्डौ जेठ ३१ गते । रातो तारा डट कम, झन्डै ८ वर्षको अनुसन्धानपछि सरकारले धानका २ नयाँ उन्नत जात विकास गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले थप २ नयाँ जात खुमल १२ र खुमल १४ उन्नत जात  विकास गरेको हो  ।

नार्कअन्तर्गत राष्ट्रिय बाली तथा आनुवंशिक अनुसन्धान केन्द्रले विकास गरेको उक्त जात राष्ट्रिय बीउविजन समितिले अनुमोदन गरी राजपत्रमा प्रकाशन भइसकेको छ । ‘खुमलटार’ नामक धानको जातमा रोगकीरा लाग्ने, उत्पादन घट्ने समस्या देखिएपछि नार्कले थप २ नयाँ जात विकास गरेका हुन । विकास गरिएको नयाँ जात मसिनो धान हो । यो धान १ सय ४५ देखि १ सय ४७ दिनमा पाक्छ । यसबाट प्रतिहेक्टर ४.७ टनसम्म उत्पादन हुन्छ । यो धान मध्यपहाडका लागि सिफारिस गरिएको नार्कले जनाएको छ ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.