Websoft University

सप्तकोसी नदीमा ठुलो परिमाणमा ११ बोरा लागु पदार्थ गाँजा बरामद


बिराटनगर । रातो तारा डट कम,सुनसरीको बराहक्षेत्र नगरपालिकामा अवस्थित सशस्त्र वेस क्याम्प चतराको गस्ति टोलीले वराहक्षेत्र नगरपालिका वडा नं २ सप्तकोसी नदि किनाराबाट बेवारीसे अवस्थामा ठूलो ‌परीमाणमा ११ वोरा लागु पदार्थ गाँजा बरामद गरेको छ।सशस्त्र प्रहरी निरीक्षक निगम राईको नेतृत्वमा १८ गते निस्कियको मोवाइल गस्ति टोलीले ३५० केजि‌ गाजा बरामद गरेको छ।

आवश्यक कारवाहीको लागि उक्त गाजा जिल्ला प्रहरी कार्यालयलाई बुझाउने कुरा सशस्त्र प्रहरी निरीक्षक निगम राईले जानकारी दिदै भने बरामत गाजाको बजार मूल्य अनुमानित प्रतिकिलो रु २० हजारको दरले गर्दा पनि ३५० केजिको मुल्य ७० लाख पुग्न सक्छ।

यस अघि पनि निरीक्षक राईको नेतृत्वमा बडा नं २ जब्दिमा बेवारीसे अवस्थामा रहेको सखुवाको काठ २२.०९ क्युफिट हालको बजार मुल्य १२१,४,९५ बरामद गरी वन कार्यालयलाई बुझाइ सकेका कुरा निगम राईले जानकारी दिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.