Websoft University

विश्व वातावरण दिवसमा साइकल ¥याली


विराटनगर जेठ  २२ गते ।  विश्व वातावरण दिवसको अवसरमा आइतबार विराटनगरमा साइकल ¥याली, सरसफाई र वृक्षारोपण गरिएको छ । 


प्रदेश–१ को वातावरण तथा भूसंरक्षण मन्त्रालय, दिगो विकास, नेपाल इन्भाइरोमेन्ट सोसाइटीलगायतका संस्थाहरूसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले साइकल ¥याली, वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको हो । विराटनगरस्थित हिमालय रोडबाट सुरु भएको साइकल ¥याली शनिमन्दिर, बिजुली अफिस, मुनालपथ, सोमबारेहाट हुँदै महानगरपालिका परिसरमा पुगेर समापन भएको थियो ।


साइकल ¥यालीको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभारम्भ गरेका थिए । मुनालपथमा सरसफाई गरिएको थियो भने विराटनगर वडा नम्बर २ को सोमबारे हाटमा वृक्षारोपण गरिएको थियो । सो अवसरमा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, विराटनगर वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेललगायतले वृक्षारोपण गरे । 

साइकल ¥यालीको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरमा साइकल लेनको आवश्यक भए पनि स्थान अभाव रहेको बताए । हाल सञ्चालनमा रहेका सडकमा साइकल लेन बनाउँदा साँघुरो हुने बताउँदै उनले अन्य विकल्प खोज्नुपर्नेमा जोड दिए । “सञ्चालनमा रहेका अहिलेका सबै सडक छुट्टै साइकल लेन बनाउनका लागि उपयुक्त छैनन्,” कोइरालाले भने, “अन्य विकल्प खोज्नुपर्छ, मैले चुनावमा प्रतिबद्धता पनि जनाएको थिएँ, केसलिया र सिंघिया खोलामा तटबन्ध बनाउने । अब त्यहाँ बन्ने सडकमा साइकल लेन बनाउनुपर्छ ।” 

कार्यक्रममा बुद्धिजीवी दिनेश श्रेष्ठले साइकलप्रति युवाहरूको आकर्षण बढ्दै गएको चर्चा गरे । स्वास्थ्य र वातावरणका लागि साइकल चलाउनु निकै नै उत्तम हुने उनको विचार थियो । “विश्वका सम्पन्न राष्ट्रमा राष्ट्रप्रमुख नै साइकलमा हिंड्छन्, धनीहरू कारमा हिंड्दैनन्,” उनले थपे, “यसको पछि स्वास्थ्य र वातावरण जोडिएको छ । उनीहरू आफ्नो स्वास्थ्य र मुलुकको वातावरणप्रति सजग छन् ।” 

सन् २०५० सम्ममा खनिज इन्धनमुक्त भविष्य भन्ने नाराका साथ साइकल ¥याली आयोजना गरिएको थियो । कार्यक्रममा निगो विकासका कार्यकारी निर्देशक अभिशेक श्रेष्ठले साइकल लेन निर्माणलाई आगामी बजेटमा समेट्नुपर्नेमा जोड दिए । उनले साइकल प्रयोगलाई प्रोत्साहित गर्दा वातावरणमा सन्तुलन आई जलवायु परिवर्तनको असर कम हुँदै जाने दाबी गरे । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.