Websoft University

प्रजातन्त्रसेनानीको स्मृतिमा पुस्तक


विराटनगर । रातो तारा डट कम, साहित्यकार एवं प्रजातन्त्र सेनानी रमाप्रसाद रिजालको स्मृतिमा प्रकाशित पुस्तक मंगलबार विराटनगरमा आयोजित एक समारोहका बीच विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको ‘सम्झनामा रमाप्रसाद रिजाल’ स्मृतिग्रन्थ विमोचन गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले स्मृतिग्रन्थको विमोचन गर्नुभयो । विमोचन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले रमाप्रसाद रिजालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

त्यस्तै कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे, प्राज्ञ गंगा सुवेदी, विवश पोखरेल, नेपाली कांग्रेसका तर्फबाट विराटनगरका मेयरका उम्मेदवार नागेश कोइराला, प्रा.डा. बद्रीविशाल पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले रिजालले नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रमा पु¥याएको योगदानका विषयमा चर्चा गर्नु भएको थियो । पुस्तकमा विभिन्न लेखक, साहित्यकार, समाजसेवीलगयातले रिजालका बारेमा लेखेका लेख, रचनाहरु समावेश गरिएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.