Websoft University

पार्टीको निर्णय नमान्नेलाई कारबाही हुन्छ ः डा.कोइराला


सुन्दरहरैंचा । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेद्धारसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन् । 

सुन्दरहरैंचाका कतिपय स्थानमा वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उमेद्धार प्रस्तुत भएको बताउँदै यस्ता उमेद्धारलाई पार्टीले कारबाही गर्ने बताए । नेपाली काँग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उमेद्धारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ । उनले भने, जो ती उमेद्धारको पछि लाग्छ उनीहरूलाई नि नोटिसमा राख्नुपर्छ । 

नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उमेद्धारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । टिकट कसले पायो के ग¥यो छोड्नुस, यहाँ देवराज जी ले पनि त मेयरमा पाउनुभएन । उनले भने, अब हामीले रुख चिन्हलाई विजयी गराउन तर्फ लाग्ने हो । 

अन्तरक्रिया कार्यक्रममा सहभागी उमेद्धारहरुले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए । उनिहरुले सबै वडामा काँग्रेसको जीत सुनिश्चित रहेको ब्रिफिङ गराएका छन् । उमेद्धारविरुदै पनि षड्यन्त्र भइरहेको भन्दै त्यस्ता अराजक व्यक्तिहरूलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्ने भन्दै सहभागीले जोड समेत दिएका छन् । 

कार्यक्रममा नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङ सचिव जितेन्द्र गोल्छा महाधिवेशन प्रतिनिधि निरञ्जन प्रसाद रिजाल, क्षेत्र ६ क’ का सभापति दीपक भगत लगायतको उपस्थिति रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.