Websoft University

अग्रणी सामुदायिक कृषि सहकारी संस्थाले गरायो अध्ययन अवलोकन भ्रमण

 


सामना भट्टराई,मोरङ । रातो तारा डट कम,मोरंङको सुन्दरहरैचा नगरपालिका वडा नं.४ मा रहेको अग्रणी सामुदायिक कृषि सहकारी संस्थाले सुनसरी, धनकुटा हुँदै तेर्हथुम जिल्लाको विभिन्न ठाउँको एक दिने भ्रमण सम्पन्न गरेको छ।


सो भ्रमण संस्थाका संचालक समितिले संयोजन गरेको थियो। सहकारी संस्थाका सेयर सदस्यहरुलाई व्यवसायिक क्षमताको ज्ञान हासिल गर्ने उद्देश्यका साथ आयोजना गरिएको भ्रमणमा संस्थाका ६० जना भन्दा बढी सेयर सदस्यहरुको सहभागिता थियो।सो भ्रमण कृषिलाई प्राथमिकता दिइएर गरिएकोले कृषि सँग सम्बन्धित आधुनिक खेती प्रणालीको बारेमा छलफलका साथै स्थलगत अवलोकन गरिएको संस्थाका अध्यक्ष सोभितमान पौडेलले बताएका छन्।


भ्रमणका क्रममा कृषिका अन्य व्यवसायहरु आलु खेती, बन्दा काउली खेती , मुला खेती , मटर खेती तथा

आधुनिक पशु पालनको बारेमा पनि जानकारी लिएका थिए।संस्थाले विगतका दिनहरूमा पनि यस्तै किसिमको अध्ययन अवलोकन भ्रमण इलामका धार्मिक, पर्यटकीय तथा एतिहासिक स्थलहरू कन्याम, फिक्कल, पशुपतिनगर, श्री अन्तु पोखरी, सूर्योदय, माइपोखरीमा गराएको कुरा उनले जानकारी गराएका थिए।

एक दिने अवलोकन भ्रमणकै क्रममा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले भ्रमण टोलीद्वारा तेर्हथुम स्थित पर्यटकिय स्थल गुराँसको राजधानी तिनजुरेको अवलोकन भ्रमण गरेको संस्थाका उपाध्यक्ष मोहन ढकालले बताएका छन्।हरेक वर्ष गरिने यस्ता अध्ययन अवलोकन भ्रमण आउदो वर्ष पनि नयाँ ठाउँमा गराईने उनले बताएका छन्।

सो भ्रमण ज्यादै उपलब्धिमुलक र रमाइलो रहेको कुरा संस्थाका सेयर सदस्य तथा जनप्रतिनिधि मिना ओझाले बताईन्।त्यसैगरी अर्की सेयर सदस्य विमला ढकालले भ्रमणबाट धेरै कृषि सम्बन्धी ज्ञान हासिल गर्ने अवसर पाएको बताउँदै सो भ्रमण ज्यादै उपलब्धीमूलक रहेको कुरा बताएकी छिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.