Websoft University

इन्धनको मूल्य फेरि बढ्यो


काठमाण्डौ चैत २३ गते । रातो तारा डट कम, नेपाल आयलग निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले आजबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ बढाएर १ सय ६० रुपैयाँ प्रतिलिटर कायम गरेको छ भने डिजेल र मट्टितेलको मूल्य १ सय ४३ रुपैयाँ प्रतिलिटर पुगेको छ । निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत समायोजन गरेको छ । समायोजनपछि ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ६ सय रुपैयाँ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । मूल्य बढेपछि हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १ सय ५६ रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य पनि प्रतिकिलोलिटर ५० अमेरिकी डलरले बढेको छ । मूल्य बढाएपछि हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर १ हजार ५ सय ४५अमेरिकी डलर पुगेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.