Websoft University

गठवन्धन गरेर अघि वढन नहुने भन्दै शुक्रवार काग्रेस कार्यकर्ताहरुले पाटि सभापति हिमाल कार्कीलाई ध्यानाकर्षण गराए


गाईघाट –२ बैशाष। रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेस एक्लैले चुनाव जित्न सक्ने हुदा गठवन्धन गरेर अघि वढन नहुने भन्दै शुक्रवार काग्रेस कार्यकर्ताहरुले पाटि सभापति हिमाल कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । त्रियुगा नगरमा कागे्रस बलियो भएको हुदा गठवन्धन नगरीकनै पार्टी  बाट प्रमुख पदमा उम्मेदवार उठाउनु पर्ने उनीहरुको माग छ । पूर्व क्षेत्रिय सभापति वसन्त बस्नेतको अगुवाईमा पार्टि कार्यलयमा भेला भएका झण्डै ५ सय कार्यकर्ता ले रुख चिन्हमा भोट हाल्ने बातावरण बनाउन सभापति कार्की संग आग्रह गरेका थिए । कागे्रस कार्यकर्ता र रुख चिन्हमा मतदान गर्न आतुर मतदाताको भावना अनुुसार भेला गरीएको यूवा नेता बसन्त बस्नेतले बताए । पार्टि सभापति कार्कीले केन्द्रको निर्णय अनुरुप गठवन्धन गरीने बताए । कागे्रस लाई जसरी फाइदा हुन्छ , सो अनुरुप मात्र तालमेल गरीने उनले बताए । अहिलेको गठवन्धन अनुरुप त्रियुगा नगरपालिकामा नेकपा (एस) लाई मेयर पदको भागवन्डामा परेको छ । तर काग्रेस बलियो भएको भन्दै त्रियुगामा कागे्रसलाई प्रमुख पद दिनु पर्ने कार्यकर्ताहरुको माग छ । अघिल्लो चुनावमा नेकपा (एमाले) बाट बलदेव चौधरीले मेयर पद जितेका थिए । पार्टि विभाजन पश्चात चौधरी (नेकपा एस ) मा लागेपछि उनले त्रियुगाको मेयर पदमा दावि गर्दै आईरहेकाछन्

फोटो क्याप्सन – त्रियुगा नगरपालिकाको प्रमुख पदमा कागे्रसको दावि छोडन नहुने भन्दै कागे्रस कार्यकर्ता द्ध्रारा प्रर्दशन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.