Websoft University

कृष्णभूषण बल स्मृति पुरस्कारबाट तीनजना साहित्यकार सम्मानित


विराटनगर । रातो तारा डट कम, कृष्णभूषण बल स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा. विष्णुविभू घिमिरेसहित तीनजना साहित्यकारलाई पुरस्कृत गरेको छ ।


शनिबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा साहित्यकार घिमिरेलाई ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ प्रदान गरिएको हो । नेपाल प्रज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहनु भएका घिमिरेलाई दोसल्ला ओढाएर नगद २५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै प्रतिष्ठानले १५ हजार राशिको ‘कृष्णभूषण बल स्मृति सम्मान’ अग्रज समालोचक डा. गीता त्रिपाठीलाई प्रदान गरेको छ । समारोहमा ११ हजार राशिको ‘कृष्णभूषण बल स्मृति युवा सम्मान’ कवि सगुन सुसारालाई प्रदान गरिएको थियो । 

तीनैजना कविहरुलाई वरिष्ठ कवि जसराज किराँती, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टंक न्यौपाने, प्रमुख संरक्षक शोभा लामा बल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, डा. गोपाल भण्डारी, विराटनगर–१० वडाध्यक्ष माधव वाग्लेलगायतले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गर्नु भएको थियो । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा हरेक वर्ष साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको आयोजक संस्थाका महासचिव प्राज्ञ विवश पोखरेलले बताउनुभयो । सोही अवसरमा कवि कृष्ण बराल, मुनाराज शेर्मा, राधिका गुरागाईं, देवान किराँती, मञ्जुश्री गिरी, भरत गुरागाईंं, सविता गौतम दाहाल, मीनकुमार नवोदित, राज माङ्लाक र दीपा दाहालले कृष्णभूषण बलले लेख्नु भएका कविता वाचन गर्नु भएको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.