Websoft University

इटहरी उपमहानगरपालिकामा आज शोक विदा


सुनसरी । रातो तारा डट कम,साविक इटहरी गाँउ पञ्चायतका प्रधानपञ्च राम प्रसाद श्रेष्ठको निधनमा इटहरी उपमहानगरपालिकामा शोक विदा दिइएको छ । उपमहानगरपालिका कार्यालय,वडा कार्यालयहरुमा शोक विदा दिइएको नगरप्रमुख द्वारिकलाल चौधरीले वताउनुभयो । विहान उपमहानगरपालिका परिसरमा शोक सभा गरेर दिवंगत प्रधानपञ्च श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरि शोक विदा दिइएको हो । श्रेष्ठ २०२२ सालमा इटहरीको प्रधानपञ्च  हुनुहुन्थ्यो । उहाँ इटहरीको दोश्रो कार्यकालको प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँको काठमाडौमा उपचारका क्रममा निधन भएको हो । उहाँको भोली इटहरी स्थित वुढीगंगा जमुनाघाटमा अन्तिम सस्कार गरिने वताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.