Websoft University

नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्नेहरुको जनलहर


सुनसरी । सुनसरीको धरानमा नेकपा एमालेबाट बिद्रोह गर्नेका साथै विभिन्न दलबाट नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्नेहरुको जनलहर चलेको छ ।


धरानमा विभिन्न राजनितिक दलमा आवद्ध रहेका वामपन्थी तथा लोकतान्त्रिक विचार आस्थाप्रति प्रतिवद्ध रहेका सयौ अगुवा नेता कार्यकर्ताहरुले सो पार्टी परित्याग गर्दै नेकपा एसमा प्रवेशको तयारी गरेपछि जनलहर देखिएको हो ।

पुर्वक्षेत्रको कम्युनिष्ट राजनितिमा अग्रभागमा रहेको धरानका वामपन्थी नेता कार्यकर्ताहरु माधवकुमार नेपाल निकट मानिन्छन ।

धरान उपमहानगरपालिकामा नेकपा विभाजनपछि माधवकुमार नेपालको पक्षमा खुलेर प्रतिगमन विरोधी कित्तामा उभिएका नकेपा एमालेका नेता कार्यकर्ताहरु १० बुदे सहमतीपछि पर्ख र हेरको रणनितीमा रहदै आएका थिए ।

स्थानिय तहको निर्वाचन नजिक आएसगै पर्ख र हेरको स्थितीमा रहेका अधिकाशं माधवकुमार नेपाल निकट रहेका एमालेका नेता कार्यकर्ताहरु नेकपा एकिकृत समाजवादीमा समाहित हुने तयारीमा बसेका छन ।

नेकपा एसको धरान उपमहानगरपालिका कमिटीले योजनावद्ध रुपमा नगरका सवै वडा तथा टोल वस्तीमा संगठन निमार्ण तथा विस्तार अभियान संचालन गरेपछि नेकपा एसका पक्षमा जनलहर आएको हो ।

सुनसरी जिल्लाको कम्युनिष्ट राजनितीमा मह्त्वपुर्ण भुमिका खेल्दै आएका धरानका वाम विचारका समर्थक र लोकतान्त्रिक समर्थकहरुको वैकल्पीक राजनिति शत्तीका रुपमा नेकपा एस रोजाईमा परेको हो ।

नेकपा एस धरान उपमहानगर कमिटी उप–सचिव तथा नेपाल दलित मुत्ती संगठन सुनसरीकी अध्यक्ष अमृता सेन्चुरी रमदानका अनुसार धरानमा गरिव, दलित, आदीवासी जनजाती, महिला, युवा विद्यार्थी, मजदुर, व्यापारी, बुद्धीजीवी तथा अगुवा राजनितिक आस्था विचारका मानिसहरु नेकपा एसको संगठनमा आवद्ध हुने लहर चलेको छ ।

उप–सचिव अमृता रमदानले सख्याँत्मक रुपमा भिडको भन्दा गुणात्मक रुपमा प्रतिवद्ध व्यत्तीहरु नेकपा एसमा आवद्ध भएर पार्टी संगठन निमार्णमा जुटेकाले धरान उपमहानगरपालिका क्षेत्रमा आफुहरुको दल निर्णायक अवश्था पुगेको बताईन ।

नेकपा एस धरान उपमहानगर कमिटी अध्यक्ष रेवतीरमण राईले केपी ओलीले नेतृत्व गरेको पार्टी कम्युनिष्ट आस्था विचार र सिद्धान्तबाट विचलित भई दक्षिणपन्थी दिशामा अगाडी बढेकाले धराने श्रमजिवी तथा अगुवा नेता कार्यकर्ताको राजनितिक गन्तव्य नेकपा एस मात्र भएकाले धरानमा जनलहर आएको बताए ।

अध्यक्ष रेवतीरमण राईले उपमहानगरपालिका कमिटीले पार्टीको संगठन गठन परिचालनका लागि अभियान चलाएपछि हाल प्रत्येक वडा र टोल वस्तीमा भरपर्दो राजनितिक शत्तीका रुपमा नेकपा एस रहेको बताए ।

अध्यक्ष राईले समानुपातीक र समावेशी नेतृत्व चयनमा जोड दिएकाले धरानमा जनवर्गिय संगठन निमार्ण सगै पार्टीको संगठनमा प्रतिवद्ध आस्थावान व्यत्तीहरु जिम्मेवारीमा रहेकाले एक महिना भित्र नेकपा एस पहिलो दलका रुपमा सशत्त संगठनसहितको दल बन्ने निश्चीत रहेको दावी गरेका छन ।

धरानमा रहेका नेकपा एसका नेता कार्याकर्ताहरुले योजनावद्ध रुपमा एकतावद्ध भई पार्टीको जिम्मेवारी वाडफाँट गरि संगठन निमार्णमा जुटेकाले पुरानो विरासत देखाएर जनतालाई भ्रममा राखि राजनिति गर्ने दलहरुको संगठन भन्दा नेकपा एस सशत्त संगठन भएको दलका रुपमा स्थापित हुने दावी नेकपा एसको रहेको छ ।

यसैगरि नेकपा एसको धरान उपमहानगर १६ नंम्बर वडामा अम्बीका कार्की अध्यक्ष रहेको ३१ सदस्य कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्ष यसोधा अधिकारी, सचिवमा दिपा विश्वकर्मा, उपसचिवमा लिला खनाल रहेका छन ।

योसगै धरान उपमहानगर ६ नंम्बर वडा कमिटीको अध्यक्षमा बलबहादुर मगर, उपाध्यक्षमा हस्तविर लिम्बु, सचिवमा लुकास राई, उपसचिवमा नन्दीका राईसहित ५१ सदस्य कमिटी गठन भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.