Websoft University

प्रदेश १ सरकारद्धारा भलिवल खेलाडीको विदाई


विराटनगर, ५ चैत । रातो तारा डट कम, धनगढीमा आगामी चैत ७ गतेदेखि हुने मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले आज विदाई गरेको छ । 


सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्री राजन राईले सुनसरीको इटहरीबाट विदाइ गर्नुभएको हो । 

खेलाडीहरुलाई खेल पोशाक र राष्ट्रिय झण्डा हस्तान्तरण गर्र्दै सामाजिक विकास मन्त्री राईले उच्च मनोवलका साथ खेलमा सहभागी हुन आग्रह गर्नुभयो । मन्त्री राईले सो प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त भएमा प्रदेश सरकारले टिमलाई पुरस्कृत गर्ने समेत बताउनुभयो । 

प्रतियोगिताको टिम प्रशिक्षकमा दिनेश राई र व्यवस्थापकमा विनोद पाण्डे रहनु भएको छ । टिममा प्रकाश लावती लिम्बु (झापा), सन्देश विष्ट (भोजपुर), दिलिप राई (ओखलढुंगा), मिलन श्रेष्ठ (तेह्रथुम), निश्चल थापा ( उदयपुर), अनिल श्रेष्ठ (ओखलढुंगा), यामबहादुर कटुवाल (ताप्लेजुङ), अभिशेक थापा (ओखलढुंगा), हिमाल प्रसाइँ (ताप्लेजुङ), संयोग नेम्वाङ (पाँचथर), दिनेश मगर (धनकुटा) र प्रविन कटुवाल (खोटाङ) सहभागी हुनेछन् । 

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको छनोट प्रदेश नं १ भलिवल संघसँगको सहयोगमा सामाजिक विकास मन्त्रालयले गरेको थियो । खेलाडीलाई सामाजिक विकास मन्त्रालय  र प्रदेश नं १ भलिवल संघको सहकार्यमा दमक र धरानमा १५ दिनको वन्द प्रशिक्षण सञ्चालन गरिएको थियो ।

विदाई कार्यक्रममा मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, प्रदेश १ भलिवल संघका अध्यक्ष हरीबहादुर निरौला, अन्तर्राष्ट्रिय खेलाडी दीपक सापकोटा र पुर्व क्याप्टेन ऋषिराज आचार्य तथा प्रदेश भलिवल संघका पदाधिकारी, सामाजिक विकास मन्त्रालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

सात वटै प्रदेश, तीन विभागिय टोली नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मी सहित १० टिम सहभागी हुने प्रतियोगिता  चैत्र ७ देखि १२ सम्म हुनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.