Websoft University

१० जिल्लामा फैलियो बर्ड फ्लू–कुखुराको मासु र अड्डा खादा होसियार


काठमाण्डौ चैत ६ गते । रातो तारा डट कम, मानिसलाई लाग्ने कोरोना पनि पसुमापंन्छीमा लाग्ने  वर्ड फ्लूको सङ्क्रमण नेपालका विभिन्न १० जिल्लामा  फैलिएको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । पशु सेवा विभागका अनुसार अरु जिल्लाबाट पनि परीक्षणका लागि नमुना प्राप्त भइरहेका छ भने सो को नतिजा आउन बाकी रहेको विभागले जनाएको छ । रोगको सङ्क्रमण फैलिएका ती जिल्लाका ६५ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको र १५ हजार किलो दाना, २५हजार ओटा अण्डा नष्ट गरिएको जनाएको छ । यो रोग छिटो फैलने भएकाले र मानिसमा समेत सर्ने रोग भएकाले सतर्कता अपनाउन र सरसफाइ ध्यान दिनु जरुरी छ । घरपालुवा पक्षीलाई खुला नछोड्न, जङ्गली तथा अन्य चराको सम्पर्कमा आउन नदिन, मरेका पक्षीलाई गहिरो खाल्डो खनेर पुर्न विभागले सबैलाई आग्रह गरेको छ । 






 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.