Websoft University

प्रेस बिज्ञप्ती—निवेदन फेर्न लगाएर प्रहरीले मुद्धा कमजोर बनाइदिएको आरोप


बिराटनगर फागुन  १३ गते । रातो तारा डट कम, गएको कात्तिक १२ गते प्रदेश १—०२—०४३—प८४६० नम्वरको मोटरसाइकल चलाउदै गरेका गाउँपालिका १ लखन्तरीका १९ बर्षिय याकुव कुमार माझीले बुढीगंगा ५ लपुर सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको थियो । 

सो क्रममा सोहि ठेगानाका ग्रामथान १ लखन्तरीका निर्मलकुमार माभी र विरेनकुमार माभीमध्ये निर्मलकुमार माझी सख्त भएको र उनको टाउकोमा गम्भीर चोट लागेको प्रेस बिज्ञप्तीमा उल्लेख गरेका छन । मोटरसाइकल दुर्घटना भएपछि चालक याकुव र बिरेन माझी घाईते निर्मललाई घटनास्थल छेउमै रहेको नालामा फालेर घटनास्थलबाट फरार थिए । 

पछि प्रहरीको टोली पुगेर उनलाई उपचारकालागि लगेको थियो । घटनाको बिषयमा थाहा पाएपछि घाईते निर्मलका कान्छो मामा ग्रामथान १ लखन्तरीका हेमनारायण माझीले जिल्ला प्रहरी कार्यालय मोरङमा दुर्घटना गराउने याकुव बिरुद्ध कात्तिक १४ गते निवेदन दर्ता नम्बर २९५६ र चलानी नम्बर ३३५ भएको ज्यान मुद्धा दर्ता गराएका थिए । 

लगत्तै प्रहरीले याकुब र बिरेनकुमारलाई पक्राउगरि अनुसन्धान समेत थालेको थियो तर पछि मुद्धालाई फितलो बनाउन ७ दिनपछि प्रहरीले कात्तिक २२ गते घाईते निर्मलको साहिँलो मामा म दिपनारायण माझीलाई अर्को निवेदन लेख्नुपर्छ भन्दै झुक्याएर सवारी दुर्घटना शिर्षकको निवेदनमा सही गर्न लगाइ हाम्रो मुद्धा कमजोर पारी हामी लाईनै अन्यायमा पारेको आज भएको पत्रकार सम्मेलनमा पीडित पक्षले मौखिक र बिज्ञप्ती मार्फत जानकारी गराएका हुन । 

प्रहरीले अर्र्को निवेदन लेख्ने क्रममा मैले पटकपटक यसअघि आफूनो भाइले नुपर्ने ज्यान मुद्धा मार्ने उधोगको निवेदन दिइसकेको बताउँदा बताउदैपनि प्रहरीले हामीलाई दवाव दिएर सवारी दुर्घनाको नयाँ निवेदनमा सही छाप गर्न लगाएको थियो । घटनामा ३५ दिनपछि याकुव र बिरेन धरौटीमा छुटेका छन भने हालसम्म झण्डै २० लाख खर्च भइसकेको छ अझपनि उनको अस्पतालमै उपचार भइरहेको उल्लेख गरेका छन । याकुव कुमार माझीको सवारीचालक अनुमति पत्र समेत नभएको बुझिएको बताएका छन ।

 (पत्रकार सम्मेलन गराउने दिपनारायण माझी ग्रामथान १)



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.