Websoft University

सुकुना बहुमुखी क्याम्पसको १५औं परिषद् बैठक तथा छात्रबृति कार्यक्रम सम्पन्न ।

 


सामना भट्टराई,मोरङ । रातो तारा डट कम,पूर्व क्षेत्रकै अति प्रतिष्ठित र गुणस्तीय शिक्षाको केन्द्रका रुपमा रहेको सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक तथा छात्रबृति कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार क्याम्पसको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

परिषद् बैठकको अवसरमा विहानी सत्रमा छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरिएको थियो  । उक्त कार्यक्रममा विभिन्न सङ्घ/संस्था तथा दाताबाट प्रदान गरिएको अक्षयकोषको व्याज तथा क्याम्पसको आन्तिरिक स्रोतबाटए कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई रु. ८ लाख ५३ हजार ३ सय बराबरको छात्रबृति प्रदान गरिएको हो। 


कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियू सभापति सन्तोश लिम्बुले प्राप्ताङ्कलाई मात्र जोड दिँदा जेहन्दार तथा गरिब बिद्यार्थी छात्रवृतिबाट बन्चित हुने हुँदा त्यस तर्फ ध्यान दिनुपर्ने उहाँको जोड थियो ।


उक्त परिषद् बैठकमा क्याम्पस प्रमुख चन्द्रमणि राईले आ.व २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो साथै चालु आ.व. २०७८/०७९ को लागि रु। १९ करोड ७६ लाख ६८ हजार ९ सय ११ रुपैयाको अनुमानित आय–व्यव बजेट, नीति तथा कार्यक्रम र वार्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । साथै आ.व. २०७७/०७८ को बाह्य लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा लेखा समितिका संयोजक चूडामणि तिम्सिनाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने  पुनरावेदन समितिका संयोजक अमृतप्रसाद आचार्यले पुनरावेदन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सदस्य सुरेन्द्रबहादुर थापाले क्याम्पस विद्यान २०७७ को पहिलो संशोधन २०७८ प्रस्तुत गर्नु भएको थियो ।

छात्रवृत्ति वितरण कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद अधिकारी र प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल रहनु भएको थियो । विहानी सत्रको कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गर्नु भएको थियो । दिवा सत्रमा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा क्याम्पसको पन्ध्रौँ परिषद् बैठक सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमका विशष्ट अतिथि प्रदेश सभाका माननीय सांसद लोकप्रसाद सङ्ग्रौला तथा अतिथिहरुमा पूर्वक्याम्पस प्रमुख  प्रेमप्रसाद भट्टराई र जिल्ला समन्वय समिति मोरङका सदस्य विश्वेश्वर ढकाल रहनु भएको थियो। 

कार्यक्रममा सभापति तथा क्याम्पस संचालक समितिका अध्यक्ष केसव प्रसाद  अधिकारीले प्राबिधिक धारका बिषयहरु संचालनका लागि अघि बढ्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै स्मार्ट कक्षा संचालनका लागि समेत पहल भइरहेको जानकारी गराउनुभयो साथै आगामी दिनमा बिश्व विद्यालय तथा प्रदेश विश्व विद्यालयको रुपमा अगाडी बढ्ने सोच बनाएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा मेयर शिव प्रसाद ढकालले प्राबिधिक शिक्षालाई जोड दिदै  अगाडी बढ्न शुझाव दिनु   भयो । प्राबिधिक धारका बिषय अध्यापनका लागि सम्बन्धन प्राप्त गर्न सके सुन्दरहरैंचाका नागरिकले प्राबिधिक शिक्षाका लागि अन्यत्र जाने परिस्थितिको अन्त्य हुनेउहाँकोधारणाथियो । साथै स्थानीय सरकारले  सकेसम्मको सहयोग गर्न सधै तयार रहेको समेत प्रस्ट पार्नुभयो।कार्यक्रमा उपस्थित सबैलाई सञ्चालक समितिका उपाध्यक्ष गोपालबहादुर थापाले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.