Websoft University

उदयपुरको श्रृष्टी जंगलमा मृत फेला परेका एक ब्यक्तिको हत्या भएको पुष्टी, हत्यामा संग्गल्न १ जना पक्राउ


मोरङ, २०७८ फाल्गुन १० गते । उदयपुरको कटारी नगरपालिका( ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संग्गल्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि।क। रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि।क।लाई पक्राउ गरिएको हो । बि।क।ले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते देखी सम्पर्कमा नरहेको भनी पिडितका परिवारले ईलाका प्रहरी कार्यालय पथरीमा हुलिया निवेदन दिए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले फागुन ९ गते पथरी(८ बाट बि।क।लाई पक्राउ गरेको हो । बि।क।लाई पक्राउ गरे संगै सोधपुछ गर्ने क्रममा लेनदेनको बिषयमा बादबिबाद हुँदा मिणाको हत्या गरी जंगलमा फालेको स्विकार गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पुलको ठेक्का पट्टा गर्ने बि।क। र  मृतक मिणा बिच  पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम काज गर्ने भनी सम्झौता भए अनुसार बिगत डेढ महिना देखी मोरङको डास खोलामा काम गर्दै आई रहेका थिए ।  काम गर्ने क्रममा माघ २३ गते कमल बि।क।को बिरगंजमा रहेको अर्को साईड हेर्न भनी मृतकले प्रयोग गर्दै आईरहेको द्यच्(ण्ज्ञ(द्यऋ(छटढठ नम्बरको गाडीमा दुवै जना बिरगंज गएको र उक्त स्थानमा पुगी माघ २५ गते फर्कने क्रममा बि।क।को घर कटारी जादै गर्दा बाटोमा लेनदेन सम्बन्धी बिबाद भएको थियो । बादबिबादकै क्रममा मादक पदार्थ समेत सेवन गरेका बि।क।ले रिशको आवेगमा मिणाको घाँटीमा केवल तारको डोरीले कसेर हत्या गरेको र हत्या पश्चात शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारी भन्दा ३० किलोमिटर माथी जंगलमा लगी फालिदिएको खुल्न आएको छ । यसरी शवलाई जंगलमा फालेर फर्किएका बि।क।ले मृतकले प्रयोग गर्ने मोवायल फोन कोशी नदिमा फालिदिएको तथा उक्त नम्बरको गाडी भारतिय बजार भिमनगर लगी बेवारीसे अवस्थामा छोडेर फर्किएको समेत खुल्न आएको छ । यसरी जाँदा दुबै जना संगै गएको र फर्कदा १ जना मात्र फर्किएकोमा अन्य ब्यक्तिहरुले सोधपुछ गर्दा समान लिन भारत तर्फ गएको बताउँदै आएका थिए भने लामो समय सम्म सम्पर्कमा नआएपछी मृतकका परिवार खोजतलास गर्दै ईलाका प्रहरी कार्यालय पथरी सम्म आए  पश्चात मात्र उक्त घटनाको रहस्य खुल्न आएको हो । यसरी घटनाबारे खुल्न आएसंगै ईलाका प्रहरी कार्यालय कटारीले फागुन ७ गते फेला पारेको शव  

यसरी शंकित कमल बि।क।ले प्रहरी समक्ष हत्या गरेको स्विकारे पश्चात उक्त स्थानमा घटना भए नभएको भनी ईलाका प्रहरी कार्यालय कटारीसँग समन्वय गर्दा पहिचान नखुलेको शव बेवारीशे अवस्थामा  २र३ दिन पहिला फेला परेको र उक्त लासको फोटो समेत झिकाई मृतकका आफन्तलाई सनाखत गराउदा आफ्नै मान्छेको हो भनी सनाखत गरिदिए संगै  कमल थापा भन्ने कमल बि।क।लाई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागी ईलाका प्रहरी कार्यालय कटारी तर्फ पठाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.