Websoft University

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण


विराटनगर, १३ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको भद्रपुर र विर्तामोडमा २–२, बाहृदशी, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१, सुनसरीको इटहरीमा ४, मोरङको विराटनगरमा २, बुढीगंगामा १, इलामको माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको अरुण, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ ।

प्रदेश १ मा आज ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७ महिला र २८ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८८९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.