Websoft University

प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण


विराटनगर, १२ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोड, शिवसताक्षी, भद्रपुर, गौरीगञ्ज, दमक, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगर, ग्रामथान र रंगेलीमा १–१, सुनसरीको इटहरी र धरानमा १–१, खोटाङ र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ ।

प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८ महिला र २६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९३३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.