Websoft University

लागुऔषध सहित ४ जना पक्राउ


सुनसरी, माघ २१ गते । रातो ताा डट कम,सुनसरीको धरान उप महानगर पालिका-१४ स्थितबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१४ का ३४ बर्षीय रमेश परियार, धारान-१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका-६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी रहेका छन ।

हिजो बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्यावलेट सहित बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.