Websoft University

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनका लागि आफै उमेदवारी घोषणा गर्दै नहिडन कार्यकर्तालाई निर्देशन


सुनसरी फागुन  १ गते । रातो तारा डट कम, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनका लागि आफै उमेदवारी घोषणा गर्दै नहिडन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेकपा इटहरीले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले नेताको घर घर धाएर टिकट नपाइने समेत प्रष्ट पार्नुभयो । स्थानीय पार्टी कमिटिको सिफारिसका आधारमा उमेद्धवार चयन गरिने वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

उहाँले स्थानीय,प्रदेश र केन्द्रका तीनै निर्वाचनमा नेकपा एमालेले वहुमत ल्याउने दावी गर्नुभयो । उहाँले चुनाव नचाहने गठवन्धनकै दलहरुले अझै पनि विभिन्न कारण देखाएर चुनाव विथोल्न सक्ने भएकाले सजग रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । अहिले स्थानीय तहको चुनाव नेकपा एमालेको पहिलो प्राथमिकता भएकाले चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले देश चलाउने नेताहरुको नालायकि देखेर विदेशीहरुले हेप्न थालेको वताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीले अव नेकपा एमालेका सवै नेता कार्यकर्ता तीन महिला सम्म पूर्ण कािलन ढंगले वडा वडामा खटने वताउनुभयो । एमाले इटहरी अध्यक्ष याम सुब्बाले आगामी स्थानीय निर्वाचनमा एमालेले इटहरीका सवै वडा जित्ने दावी गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.