Websoft University

प्रजातन्त्र दिवस ः कानूनमन्त्रीद्धारा श्रमदान, मुख्यमन्त्रीद्धारा फलफूल वितरण


विराटनगर फागुन ७ गते । रातो तारा डट कम, १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा शनिवार(आज) देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । विभिन्न वक्तव्य र भाषणमा सीमित हुने दिवसलाई प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले श्रमदान गरी मनाउनु भएको छ । विराटनगरमा निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामा उहाँले श्रमदान गर्नुभएको हो । 


जनताका आधारभूत आवस्यक्ता गाँस, बास र कपासलाई सुनिश्चित गर्ने सन्देशका रूपमा दिवस मनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘आजको दिनलाई हामीले भाषण गर्ने दिनका रूपमा लिएका छौँ । उत्सवका रूपमा मनाउँछौँ, तर पनि नागरिकका गाँस, बास, कपास, आर्थिक स्वतन्त्रता, मानवअधिकारको रक्षा गर्नलाई पनि सरकारको ध्यान जानुपर्छ र त्यसै अनुसार दिवस फरक ढङ्गले मनाएको हुँ ।’ 

सरकार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने उल्लेख गर्दै जनताका हरेक काम गर्ने उहाँको भनाई छ । सम्पन्न बस्तीमा एक सय ४५ घर निर्माणाधीन अवस्थामा रहेका छन् । विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि रोजिहिरा फाउण्डेसन र हामी युवाले स्वयमशेवक व्यवस्थापन गरिरहेका छन् । यो अभियानमा काम गर्न स्काउट लगाएतका विभिन्न संघसस्थाबाट समेत स्वयंसेवक परिचालन भएका छन् । 

वस्तिमा रोजीहिरा फाउण्डेसनकी अध्यक्ष रोजिना प्रधान राई, हामी यूवाकी अध्यक्ष जीना जंग कार्की लगाएत टिमले श्रमदान गरेका छन् । वस्तिमा जतिसक्दो छिटो काम सम्पन्न गरेर नागरिकलाई हस्तान्तरण गरिने ह्याविट्याट नेपालका सिनियर अप्रेसन म्यानेजर रामप्रसाद सिंह दनुवार बताउनुहुन्छ । 

मानव सेवा आश्रममा फलफूल वितरण 

दिवसको अवसरमा प्रदेश सरकारले विराटनगरमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण गरेको छ । आश्रममा अनाथ, बेसहारा, सडक मानवहरूलाई मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, आधिकारिक ट्रेड युनियन लगायतले फलफूल वितरण गरेको हो । वितरण कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सरकारले बेसहारा मानवको सेवा गर्नु धर्म गर्नु सोसरह रहेको उल्लेख गर्दै सरकार बेसहारा नागरिकको जीवन रक्षा गर्न लागि परेको बताउनुभयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.