Websoft University

दु:खमा नगरपालिका´कार्यक्रमले नगरवासीको मन जित्यो-उपमेयर पराजुली


मोरङ बेलबारी । रातो तारा डट कम,बेलबारी नगरपालिकाले आर्थिक बर्ष ७८/७९ का लागि नगरसभाबाट पारित गरेको दु:खमा नगरपालिका´कार्यक्रमलाई नगरवासीहरुले सकारात्मक र स्वागतयोग्य कार्यक्रमको रुपमा चित्रण गरेका छन्।

नगरपालिकाभित्र मृत्यु हुने हरेक नागरिकका घरमै पुगेर नगरपालिकाका मेयर, उपमेयर,वडाध्यक्षसहित सम्बन्धित वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा मृतकप्रति समवेदना र कमसेकम फलफूल खानसम्म सहयोग पुगोस् भनेर नगद रु पाँचहजार प्रदान गरिदैँ आएको बिहिवार वडा नं २ का मृतकहरु रनमाया पराजुली र यमबहादुर कटवालका परिवारलाई समवेदना प्रदान गर्न पुगेका वडाध्यक्ष घनश्याम गौतमले बताए।

 


परिवारको सदस्य तथा आफन्त गुमाउनुपर्दाको असह्य पीडाले छटपटाइरहेको बेला आफूले निर्वाचित गराएका जनप्रतिनिधिलाई आफ्नै घर आँगनमा भेट्दा नागरिकहरुलाई थोरै भएपनि सान्त्वना हुन्छ।अर्को कुरा बिपन्न र कमजोर आर्थिक अवस्था हुने नागरिकहरुले हामी(नगरपालिका)ले प्रदान गरेको रु. पाँचहजार सहयोगले पनि केहि समस्या टार्न थप राहत महशुस गर्नुभएको छ।यस अर्थमा पनि`दु:खमा नगरपालिका´ कार्यक्रमले नगरवासीको मन जित्यो-उपमेयर पराजुलीले भनिन्।आर्थिक बर्ष ७८/८९ को तथ्यांक हेर्दा हालसम्म बेलबारी नगरपालिकाभित्रका चार सयभन्दा बढी मृतकका परिवारमा नगरपालिका पुगिसकेको छ। 

सँगै बेलबारी नगरपालिकाले कोभिडबाट मृत्यु हुने नागरिकका परिवारलाई समेत रु पचास हजार नगद आर्थिक सहयोग गर्दै आएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.