Websoft University

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल-राज्य सरकारस्तरमा वार्ता गरिने, मन्त्री कार्कीलाई भ्रमणको निम्तो


विराटनगर । रातो तारा डट कम, प्रदेश नम्बर एकमा सिंघीया, केसलिया करिडोर र मीरगंज पुल समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीबीच छलफल भएको छ । 


नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र आन्तरिक मामिला तथा कानुन मन्त्रीबीच भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघिया र केशलियको बाहिरसम्मको क्षेत्रमा तटबन्धनसहितको करिडोर निर्माणको विषयमा छलफल भएको हो । 

त्यस अवसरमा मन्त्री कार्कीले हालै भारतको बथनाहामा अवस्थित मीरगंज पुलमा भएको क्षतिका कारण यसक्षेत्रका उद्योगी व्यवसायीले ठूलो अफ्ठेरो बेहोर्नु परेको सुनाए । मन्त्री कार्कीले भने,“हरेक वर्ष पुल भास्सिने र ठूला मालवाहक सवारी साधन आउजाउ गर्न नसक्दा व्यवसायीले ठूलो परिमाणमा विलम्ब शुल्क बुझाउनु पर्ने बाध्यता छ । समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब संचालन गरिनु पर्दछ ।” मन्त्री कार्कीले नेपाल र भारतका नागरिकबीच सदियौंदेखि भाईचारा सम्बन्ध रहेको र नदीजन्य विपत्तीका कारण दुबैतर्फ उत्तिकै कठिनाई हुने गरेको बताए । 

मन्त्री कार्कीले प्रदेश १ को राजधानी विराटनगर भएर बिहारतर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले बिहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धनसहितको करिडोर निर्माण गर्नुपर्नेमा जोड दिए । “सिमापार अपराध र लागूऔषधले उत्पन्न समस्याको विषयमा समेत दुबैतर्फका राज्य सरकार मिलेर काम गर्नुपर्दछ,” मन्त्री कार्कीले भने, “परिवेश, भेषभुषा, रहन सहन र आपसी संस्कार अनि संस्कृति दुबै देशतर्फ उस्तै रहेकोले पनि आपसी हितलाई मध्यनगर गरी हामीले कार्य गर्नु परेको छ ।”

त्यस अवसरमा बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादले प्रदेश नम्बर एक सरकारसँग मिलेर आफूहरुले धेरै काम गर्न सक्ने र दुबैतिरका नागरिकको हितमा यो अपरिहार्य भएको बताए । उठेका विषयलाई थप औपचारिक रुपमा दुई सरकारबीच छलफलमा लग्न मन्त्री कार्कीलाई पटना भ्रमणमा आउन निमन्त्रणा गर्दै उपमुख्यमन्त्री प्रसादले भने,“प्रदेश एकको मात्र नभएर हाम्रो सम्बन्ध सम्पूर्ण नेपाली नागरिकसँग उत्तिकै छ । यो क्षेत्रको विकासमा बिहार सरकारले मद्दत गर्ने विषयमा हामी सरकारस्तरमा थप छलफल गर्नेछौ ।” उनले मीरगंज पुलबाट सिर्जित समस्याको विषयमा आफूले जानकार रहेको भन्दै यसको समाधानका लागि पहल लिने बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.