Websoft University

प्रेस विज्ञप्ती—महिलाले पुरुषलाई अतिनै दुःख दिन थाले—महिलाबाट अहिले धेरै पुरुषहरु पीडित हुदैछन ।


बिराटनगर फागुन ११ गते । रातो तारा डट कम,बिराटनगर १० बस्ने रजितप्रसाद रौनियारले सप्तरिको भारदह निवासी बद्री प्रसाद गुप्ताको छोरी अनिता कुमारी गुप्ता संग ०६९ साल चैत १२ गते विवहा भइ सगै बसिआएको थियौ । अनिताको मानसिक अवस्था ठिक रहेनछ पछि थाहा भयो । २०७०।०८।०३ सालमा छोरीको जन्म भएको थियो । दिन प्रतिदिन पत्नीले मलाई गाली गतैज गर्ने कुटपिट गर्न मलाई गर्न थाले पछि घरमा बस्नै वातावरण भएन म वाहिरीन बाध्य भए । पत्नीले २०७१ साल मंसिरमा मानचामल मुद्दा दायर गरेको अदालतले मेरो तलवलाई तीन भागको दुई भाग रोक्का राखी आमा छोरीलाई दिने दिलाउने कार्य गरी हालसम्म सोही वमोजिम लिँदै आएकी छिन । 

म अत्यन्त अन्यायमा परी भोको पेटले जीउदै न्याय नपाएर म मरेको जस्तो भएको छु  भनेका छन । निजको हर्कतका कारण वाध्य भएर अंश चलन सम्बन्ध बिच्छेद लगायत कुटपिट समेत मुद्दा मोरङ जिल्ला अदालतमा दायर मैले गरेको थिए । अदालतबाट अंशीयर सम्म ठहर भयो अन्य मुद्धामा मलाई हराइएको अवस्था छ ।

मैले २ पटक सम्म सम्बन्ध बिच्छेद मुद्दा दायर गरे तापनी मेरो पक्ष अदालतबाट न्याय पाइन । पुनः सम्वन्ध विच्छेद मुद्दा मोरङ जिल्ला अदालतमा विचारधिन रहेको छ । मैले विराटनगर ५ मा रहेको घर जग्गा घर बनाउँदा घर व्यवहार गर्न संचयकोशबाट लिएको ७ लाख कर्जा तिर्न नसकि उक्त घर जग्गा मुकेश शाह हलुवाईलाई बिक्री गरेपछि विपक्षी अनिताले लिखित दर्ता बदर दर्ता कायम मुद्दा दायर गरी लिखत वदर दर्ता वदर मुद्दा अन्तिम भएपछि पनि हालसम्म आफ्नो हकको जग्गा कार्यान्वयन नगरी बसेकी छ । 

उनको दुसित नियत भनेको मैले टेलिकममा खाएको जागीरबाट रोक्का भएको तलव सधै भरी खान पाउ र मलाई सघै दुःख दिने दुसित नियतबाट अघि बढेको प्रष्टहुन्छ । म अत्यन्त पिडा मानसिक र शारीरिक यातनाका विच मासिक २, ३ हजार रुपैयाले जीविका गरी आएको छु । यस्तो दयनिय अवस्था हुँदा अदालतबाट समेत मैले न्याय नपाएको अनुभूती हुँदा यहाँहरु समक्ष मेरो गुनासो राख्न आएको व्यवहोरा उल्लेख गर्दै रजितप्रसाद रौनियारले आज बिराटनगरमा पत्रकार सम्मेल गरेर प्रेस विज्ञप्ती जारी गरेका छन ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.