Websoft University

संघको ३३औं कार्यकारिणी समिति सदस्य पदको निर्वाचन सम्पन्न


बिराटनगर २०७८ पौष २० गते । रातो तारा डट कम,  मंगलबार मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।


निर्वाचन आयोग, मोरंग व्यापार संघले जनाए अनुसार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचनमा उम्मेदवारहरुको नामावली उपर कुनै दावी विरोध नपरेको, कसैले उम्मेदवारी फिर्ता नलिएको तथा संघको विधान, नियमावली अनुसारको वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यहरुको मात्र उम्मेदवारी दर्ता भएकाले सोही उम्मेदवारहरु संघको ३३औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा वाणिज्य तर्फका उम्मेदवारहरु श्री देवाशिष गोल्छा, श्री मनिष मारु, श्री श्याम राठी, श्री संजय श्रेष्ठ, श्री अनिल कुमार साह, श्री विनित सिंघानियां, श्री सुशिल सुराना र श्री राजेश अग्रवाल निर्विरोध निर्वाचित हुनु भएको छ भने उद्योग तर्फका उम्मेदवारहरु श्री नवीन रिजाल, श्री आशिष जाजु, श्री दिपेश सुवेदी, श्री अमित सारडा, श्री अनुपम राठी, श्री विकास कु. बेगवानी, श्री पवन राठी र श्री अनिल सारडा निर्विरोध निर्वाचित हुनु भएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.