Websoft University

श्रेष्ठ होटेल एण्ड फेमिली लजमा भएको घटनाका आरोपिलाई कारबाही गर्न माग!


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,महिला हिँसा हाम्रो समाज तथा सिंगो मुलुकको गम्भीर समस्याको रुपमा देखिएको छ।  यस प्रकारको अवस्थामा महिलामाथि यति धेरै हिँसा तथा अपराधिक घटना हुनुको कारण के हो ? यसलाई कसरी न्यूनीकरण र समाधान गर्न सकिन्छ ? यो बिषयमा स्थानीय सरकार गैह्र जिम्मेबार छ भन्ने बिषयमा प्रश्न समेत उठने गरेको छ।  सुरक्षा निकाय कतिको चनाखो छ भन्ने सवालमा समेत त्यतिकै चुनौती थपिएको छ। दिनानुदिन महिला हिँसाका घटनाले प्रसय पाउँदा महिलाका अवाज दबिएको त होइन ?

 


मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा ५ बलियामा संचालित  श्रेष्ठ होटेल एण्ड फेमिली लज गत शुक्रबार राति   घटेको घटनाले फेरी महिला उपर त्रास उत्पन्न गराएको छ।  एक महिलामाथि सामूहिक बलात्कार भएकी छिन  । इटहरीबाट बहिनीको घर जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार हुँदा पिडितको न्यायका लागि  राष्ट्रिय महिला अधिकार मंच, महिला अवाज मोरंग तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी सुन्दरहरैंचाले इलाका प्रहरी कार्यालय बेलबारीमा ज्ञापन पत्र बुझाएका छन्। 

३ जना पुरुषले अत्यन्तै अमानबिय क्रुर र पासविक तवरले गरिएको अपराधिक सामुहिक बलात्कारको घटना प्रति घोर निन्दा र भर्त्सना गरेका छन्। होटलका सञ्चालक अर्जुन श्रेष्ठ, उनका भाइ सुरज भनिने मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा रातभर बन्धक बनाएर सामूहिक बलात्कार गरेको पाइएको मोरङ प्रहरीको भनाइ छ । 

आर्थिक अवस्था कमजोर भएकी इटहरीको एउटा व्यक्तिको घरमा काम गर्दै आएकी र कामबाट घर पर्कने क्रममा गछियाबाट गाडीमा उठाई बन्धक बनाएको बुझिएको छ।  महिला अधिकार कर्मीको टोलीले घटना संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको दायरा ल्याउन र पिडिको उपचार र नाबालक छोरीहरुको जीवन निर्वाहको समेत ब्यबस्था मिलाउन माग गरिएको राष्ट्रिय महिला अधिकार मंचकी अध्यक्ष कल्पना घिमिरेले बताइन। 

त्यसै गरि घटनाको छानबिन र कारबाहीमा ढिलासुस्ती गैरजिम्मेबार बनेमा सम्पूर्ण महिला तथा महिला  अधिकारकर्मी सडकमा उत्रेर चेताबनी दिन र पिडितलाई न्याय  दिलाउन पछि नहट्ने महिला अवाज मोरंगकी अध्यक्ष सिता भट्टराईले बताइन।       

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायब निरीक्षक (सई) राजु बिष्टले ज्ञापन पत्र बुझ्दै घटनाका दोषी नउम्किने र २ जना आरोपीलाई नियन्त्रणमा लिएर मुद्धा दायर भएको भन्दै फरार १ आरोपी छिटैनै नियन्त्रमा आउने बताए। 

सुन्दरहरैँचाको पूर्व–पश्चिम राजमार्गमा रहेका होटलहरूमा यौन व्यवसाय बढ्दै गएको जनगुनासो आइरहेका छन।  अधिकांश होटलहरूले सम्पर्कको आधारमा होटलहरूमा यौन व्यवसाय सञ्चालन गर्दै आइरहेका राजमार्ग छेउछाउ दर्जनौँ होटलहरू छन् ती होटलहरूमा यौनजन्य गतिविधि फस्टाएको छ । प्रहरीले समेत होटलहरूमा निगरानी नगर्दा खुलेआम यौन जन्य गतिविधि फस्टाएकोले यस्ता घटना घटिरहेको छ। प्रहरीकै सरंक्षणमा यस्ता गतिविधि हुने गरेको यत्रतत्र सुनिन्छ । तर प्रहरीले अब होटलहरूमा निगरानी गरि नागरिकको गुनासो सुन्नै पर्छ , नागरिकलाई विश्वास दिलाउनै पर्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.