Websoft University

बेलकामा गाँजा खेती नष्ट

 


गाईघाट ९ माघ । रातो तारा डट कम,प्रहरीले दुई दिने अभियान चलाएर उदयपुरको बेलका नगरपालिका –७ को विभिन्न स्थानमा ११ हजार ५ सय अवैध गाजाको वोट नष्ट गरेको छ । स्थानियले बर्षेनी लगाउदै आएको गाजा खेती लाई निरुत्साहित गर्नको लागी इलाका प्रहरी कार्यालय रामपुर बाट खटेको  सुरक्षाकर्मीको टोलीले बिहीवार र शुक्रवार रामपुरको कोठु र पश्चिम कोशी तर्फको गाउ बाट अवैध गाजा खेती नष्ट गरेको डिएसपि वेद प्रसाद गौतमले बताए । विगत एक दशक देखि उदयपुरको पुर्वी भेगको वेलका पुर्वको गाउघरमा व्यावसायिक रुपमा गाजा खेती हुदै आएको छ । प्रहरीले वर्षेनी अभियान चलाएर गाजा खेती नष्ट गरेपनि स्थानियले गाजा खेती गर्न छाडेका छैनन् । वेलकामा  उत्पादन हुने गाजा सुनसरी हुदै भारत तर्पm निकासी हुने गरेको छ ।अहिले गाजा पाक्ने बेलामा प्रहरीको सक्रीयता भएपनि गाजा लगाउने वेलामा भने उनीहरु निस्कृय वस्नाले अवैध खेती गर्नेहरुको मनोवल वढ्ने गरेको रामपुरका समाजसेवी शुसील सेठाईले बताए ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.