Websoft University

नारी विकास संघ सलकपुरको २५ औं वार्षिक साधारण सभा सम्पन्न


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा वार्ड नं ८ मा रहेको महिला सशक्तिकरण र महिला अधिकार सम्बन्धी कार्यहरू गर्ने उद्देश्यले स्थापना भएको नारी विकास संघ सलकपुर शाखाको २५ औं बार्षिक साधारणसभा, छैठौं अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

नारी विकास संघ सलकपुर शाखाको आयोजना र सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा भएको कार्यक्रम नारी विकास संघ सलकपुर कै सभाहलमा भएको थियो।  बिहीबार सम्पन्न भएको कार्यक्रमको उद्घाटनको क्रममा बोल्दै प्रमुख आतिथी

सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले संघले गर्ने राम्रो कार्यक्रमको लागि नगरपालिकाको तर्फ बाट र आफ्नो व्यक्तिगत तर्फबाट सधैं साथ र सहयोग रहने बताएका छन्।कार्यक्रममा सुन्दरहरैंचा नगरपालीकाकी उपप्रमुख धनमाया तामाङको विशिष्ठ आतिथ्यता रहेको थियो भने संघकी अध्यक्ष शुशिला कार्कीको सभापतित्व रहेको थियो। 

कार्यक्रममा वडा नं ८ का वडासदस्य उमेश राई, नारी विकास संघका केन्द्रीय सदस्य उर्मिला जोशी र ईश्वरी खनाल लगायतले संघलाई शुभकामना व्यक्त गरेका थिए।

साधारण सभाको अवसरमा संघले नारी विकास संघ केन्द्रीय सदस्य नारायणी जोशी, वार्ड नं ८ की महिला वडा सदस्य उर्मिला रिजाल, पर्शुराम टेन्ट हाउसका सञ्चालक पर्शुराम मण्डल, जेष्ठ नागरिक महिला, एकल महिला सहित प्रत्यक वडाका १/१ जना गरी जम्मा १२ जनालाई दोसल्ला ओडाइ समान गरिएको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.