Websoft University

ट्रिफर दुर्घटनाबाट २ जनाको मृत्यु

 

धनकुटा, २०७८ पौष ३० गते । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गा स्थित कोशीलोक मार्गमा ट्रिफर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाऊपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह चालक दाङ बबई गाऊपालिका ३ का २१ बर्षीय नविन बि.क. रहेका छन् । आज बिहान ५ बजे धनकुटाबाट बसन्तपुर तर्फ वालुवाको लोड लिएर जाँदै गरेको  बा.प्र.३-००१ क ०५४९ नम्बरको हाइवा टिफर बाटो भन्दा अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमानैमृत्युभएकोथियो । घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरि लाश पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.