Websoft University

गाजा सहित दुई जना पक्राउ

 


सुनसरी पुस १९ गते । ईटहरी उप महानगरपालिका वडा नं. २० स्थित कोशी राजमार्गमा अबैध लागू औषध (गाँजा) ओसार पसार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयवाट खटिएको प्रहरी टोलीले ऐ। २० स्थित तरहरा प्रहरी चौकी नजिकै पानीपियाको जंगल स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा धरानबाट ईटहरी तर्फ अगाडी पछाडी सँग सँगै आउदै गरेका २ वटा मोटरसाईकलहरुलाई देखि अगाडीको मोटरसाईकललाई रोकी चेकजाँच गर्न खोज्दा गांजा ले भरिएको झोला फालि निजहरु तत्कालै फरार भएको, अर्को मोटरसाइकल पनि सोही दिसामा फर्काई  फरार हुने क्रममा तिब्र गतिमा रहेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडक मै लडि मोटरसाइकल चालक जिल्ला धनकुटा शहिदभुमि  गा।पा।वडा नं। १ बस्ने बर्ष २४ को विक्रम भन्ने भुपेन्द्र राई सामन्य घाइते भएको तथा मोटरसाइकलमा सवार ऐ। बस्ने बर्ष ३३ को संजिप राई लडि गम्भीर घाइते भएको,प्रहरी तत्कालै घट्नास्थलमा पुगि निजरुले बोकि ल्याएको गांजाले भरिएको अर्को झोला बरामद गरि दुबैजनालाई नियन्त्रतणमा लिएको  साथै निजहरुको साथबाट मोबाइल थान २ र निजहरु सवार प्रदेश नं. १-०२-०४२ प. ६२१९ नं। को मोटरसाईकल पनि नियन्त्रणमा लिएको ।  २ वटा  झोलामा रहेको  लागू औषध (गाँजा) मान्यता प्राप्त तराजुमा नापतौल गर्दा३६(छतीस० पोकामा जम्मा ३६ ९छतीस० के।जी।  गरि ७२ केजि रहेको ।  संजिप राईको टाउको, ढाड, हातखुट्टा समेतमा भाग्ने क्रममा मोटरसाईकल दुर्घटना भई गम्भिर  घाईते भएको हुँदा निजलाई स्थानिय अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि नोवेल शिक्षण अस्पताल बिराटनगरमा लगि थप उपचार भईरहको र विक्रम भन्ने भुपेन्द्र राईलाई लागू औषध ऐन २०३३ वमोजिम सम्मानित सुनसरी जिल्ला अदालतवाट दिन  ७ को  म्याद थप भई थप अनुसन्धान भइरहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.