Websoft University

हिसान क्रिकेटको फाइनलमा कोशी क्याम्पस


विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटको अन्तिम सेमिफाइनल विजयी हुँदै कोशी क्याम्पस फाइनलमा प्रवेश गरेको छ । कोशीले शुक्रबार हुने फाइनलमा अरनिको कलेजसँग प्रतिस्पर्धा गर्ने छ ।

विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज विहिबार भएको खेलमा शिक्षादिप कलेजलाई २९ रनले पराजित गर्दै कोशी क्याम्पस फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १३ रनको स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ द म्याच रोहन विकले ५९ रन बनाउँदा नितेश यादवले १९ रनको योगदान दिएका थिए । शिक्षादिपका  रविन राजवंशीले २ लिँदा रामरिजन यादव र सुरज यादवले १ विकेट लिए ।

जवाफमा १ सय १४ रनको चुनौती पछ्याएको शिक्षादिपले १ड दशमलव ३ बलमा सवै विकेट गुमाई ८४रनमा सिमितहुनपुग्यो । जस्मा नितेश देवले १९ रन बनाउँदा कृष्ण चौधरीले १७ रन र सोमराज गणेशले १३ रनको योगदान दिए  । कोशीका विकाश दास र लअमित रोयले २–२ विकेट लिए ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.