Websoft University

सवारी दुर्घटना, २ जनाको मृत्यु

 

बिराटनगर, २०७८ पौष २० गते । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दूई जनाको मृत्यु भएको छ । झापाको, झापा गाउँपालिका-१ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका-५ बाराका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा  सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-१५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ । सोमवार राती साँढे ६ बजेको समयमा धरान-१५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८  नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुंदा चालक भक्तपुर घर भई धरान -१५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए । घाईतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारकोमा क्रममा राती नै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.