Websoft University

लक्ष्मी नारायण सृजनशील महिला मञ्च सुन्दरहरैंचाको अध्यक्षमा रिता दाहाल!


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा वार्ड नं ३ स्थित लक्ष्मी नारायण सृजनशील महिला मञ्चको प्रारम्भिक साधारण सभाबाट नयाँ समिति गठन गरिएको छ।संस्थाकी अध्यक्ष रिता दाहालको सभापतित्वमा भएको प्रारम्भिक साधारण सभाबाट अध्यक्षमा रिता दाहाल, उपाध्यक्षमा निर्मला पाण्डे, सचिवमा रमा खवास, सहसचिवमा पूर्ण कुमारी भट्टराई,कोषाध्यक्षमा विन्दा ढकाल, सदस्यमा देवीका भगत, निता उराऊ, हिरा कु. खवास,रिता मानन्धर सँगै सल्लाहकार समितिमा निरा पोख्रेल, पार्वती गच्छादार, कल्पना घिमिरे, कमला खड्का, तुलसा बस्नेत, गोमा खड्का, भावना नेपाल भट्टराई सर्वसम्मत चयन गरिएको छ।


सुन्दरहरैंचा ३ जेष्ठ नागरिक समाजको सभाहलमा आईतबार भएको कार्यक्रममा सुन्दरहरैंचा वार्ड नं ३ का वडाध्यक्ष जीवन प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो।उक्त कार्यक्रममा बोल्दै ढुङ्गानाले महिला सशक्तिकरण,महिला हक अधिकारको लागि स्थापना गरिएको यस संस्थालाई वार्डको तर्फबाट गर्नु पर्ने सहयोग गर्न सधैं तत्पर रहेको बताएका छन्। 


त्यसैगरी सोही कार्यक्रममा बोल्दै अतिथि राष्ट्रिय महिला अधिकार मञ्च मोरङकी अध्यक्ष कल्पना घिमिरे, स्वाभिमान नेपालकी अध्यक्ष गोमा खड्का,प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले भर्खरै स्थापना भएको यस संस्थाको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेका थिए।

प्रारम्भिक साधारण सभाबाट सर्वसम्मत चयन भएकी अध्यक्ष रिता दाहालले समुदायका गरिव तथा पिछडिएका महिला,जेष्ठ नागरिक तथा युवाहरुको साझा सवालमा सहकार्य गरी अघि बढ्ने वातावरण श्रृजना गर्ने, आय आर्जनमा सुधार गर्नको लागि सचेतना मुलक र सिपमुलक कार्यक्रम क्षमता विकास कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले स्थापना गरिएको यस संस्थालाई अगाडि बढाउन सक्दो मेहेनत गर्ने बताएकी छिन्।

जेष्ठ नागरिक समाज भीम बहादुर कार्की, साझेदारी वन समितिका अध्यक्ष रुद्र पोख्रेल लगायत अन्य सामाजिक साथै राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रम संस्थाकी सह सचिव पूर्ण कुमारी भट्टराईले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.