Websoft University

आगो निभाउने क्रममा १ जना मानिसको मत्यु

फायल फोटो-
झापा, २०७८ पौष २२ गते । झापा मेचीनगर नगरपालिका ७ पिपल चौक स्थित केशब पाठकको घरमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मृत्यु हुनेमा मेचिनगर नगरपालिका ८ का ४५ बर्षीय सारद राजवंशी रहेका छन् । हिजो राती साढे ९ बजे पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चि घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी हुँदा आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्किदा राजबंशी लगाएत १६ जना घाईते भएका थिए । घाईते मध्ये राजबंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको थियो भने अन्य घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा राती साढे १० बजे पुर्ण रुपमा नियन्त्रणमा आईसकेको छ । आगो के कारणले लागेको भन्ने खुल्न नआएकोले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.