Websoft University

ताप्ली खोलामा निर्मित मोटरेवल पुलको बुधवार मन्त्री कार्कीले उदघाटन गरे


ताप्ली (उदयपुर) २२ पौष । भौतिक पूर्वाधार विकास मंत्री हिमाल कार्कीले विकासको मेरुढण्ड को रुपमा रहेको भौतिक पूर्वाधार को कार्यक्रमलाई तिव्र गतीले अघि बढाउने सरकारले लक्ष्य लिएको बताएको छन् । ताप्ली गाउँपालिका –५ स्थीत यारी खोलामा निर्मित मोटरेवल पुलको बुधवार उद्घाटन गर्दै मंत्री कार्कीले बाटो सडक. पुलपुलेसा निर्मार्णमा बजेट विनियोजन गरेर कामलाई तिव्रता दिने बताए । यातायात पूर्वाधार निर्देशनालय १ नम्बर प्रदेशको झण्डै ८ करोड ७४ लाख रुपँैयाको लागतमा निर्मित पुल एएन एस केएस जेवी एनएस जेभी काठमाण्डौँले १८ महिना लगाएर निर्माण गरेको हो । बेतीनी –नुनथला – कुमालटार – ठानागाँउ सडक अन्र्तगत पर्ने उक्त पुल निर्माण भएसँगै ताप्ली र लिम्चुङबुङ  गाँउपालिकाको साथै खोटाङ को हलेसीतुवाचुङ नगरपालिका सम्म जोडीन सहजता भएको कुमालटारका समाजसेवी जन्मजय राईले बताए । पुल निर्माणमा जग्गादान दिने दाता र निर्धारीत समयमा पुल निर्माण सम्पन्न गरेकोमा निर्माण कम्पनीका  ठेकेदार मोहन कार्की लाईसोही अबसरमा प्रशंसा– पत्र सहित सम्मान गरीएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.