Websoft University

सोलुखोला दुधकोशी जलविधुत आयोजनाको सुरुङग भित्र विहीवार विहान एक्साभेटर दुर्घटना हुदा एक मजदुर बेपत्ता भएकाछन्

 


गाईघाट १३ माघ । रातो तारा डट कम,सोलुखुम्बु जिल्लामा निर्माणधिन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविधुत आयोजनाको सुरुङग भित्र विहीवार विहान एक्साभेटर दुर्घटना हुदा एक मजदुर बेपत्ता भएकाछन् । भने अर्को एक जना लाई घाईते ेअवस्थामा उद्धार गरिएको छ । निर्माण स्थल पञ्चन स्थित सुरुङगभित्र पाइप लैजाने क्रममा विहान ५ वजे एक्साभेटरको बकेट भाचिएर दुर्घटना हुदा  बकेटमा बसेका मजदुरहरु सुरुङग भित्र खसेका थिए । सुरुङगमा खसेर बेपत्ता हुनेमा वारा जिल्लाको कोल्हवी नगरपालिका –१ का २४ वर्षिय राकेश चौधरी रहेको प्रहरीले जनाएको छ । हराईरहेका ति मजदुरको खोजी तथा उद्धारमा प्रहरी र सेनालाई परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय सोलुखुृम्बुका डिएसपि कवित कटुवालले बताए । दूर्घटनामा परी घाइते पर्साको पटेर्वा गाउपालिका –४ का २० वर्षिय आंगत राय थारु लाई उपचारको लागि ओखलढुङगा स्थित मिसन अस्पताल लगीएको उनले बताए । घाईतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । सुरुङग भित्र पेनस्टक पाइप विछ्र्र्र्रयाउन जाने क्रममा सामग्री सहित ४ जना मजदुर बकेटमा बसेका थिए ।उक्त बकेट विचमा पुगेर अचानक चुडिएको ले दुर्घना भएको हो ।  उनले घट्नाको अनुसन्धान भैरहेको बताए । पानी परीक्षण गर्ने क्रममा एक महिना अघि पनि उक्त आयोजना स्थलमा दुई जना इन्जिनियरको मृत्यु भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.