Websoft University

खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान चाहानेलाइ सरकारले नियाम खुकुलो बनायो ।


काठमाण्डौ माघ १० गते । रातो तारा डट कम, गृह मन्त्रालयले खाडी मुलुक र मलेसियामा भिटिज भिसा अर्थात पर्यटक भिसामा जान रोक लगाएको थियो । मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै भिजिट भिसामा जान सबैलाई नियाममा संसोधन गरेर खुकुलो पारिएको जनाएको छ । आजबाट लागू हुने गरी खाडी मुलुक र मलेसियामा जान चहाने सबैलाई सजिलो भएको छ । 

अव देखि बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिने सुचनामा उल्लेख गरेको छ । नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने भनिएको छ । वैदेशिक रोजगारी व्यवसाय प्रवद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि जान दिने निर्णय भएको छ । 

वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य भएर त्यसको आधा रकम बैङ्क खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने भएका छन् । नेपालमा सामान आयत–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा उपलब्द हुने भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.