Websoft University

यात्रुवाहक बसले किचेर एक यात्रुको मृत्यु

 


गाईघाट ४ माघ । रातो तारा डट कम,उदयपुरगढीको भित्री सडकमा मंगलवार विहान यात्रुवाहक बसले किचेर एक यात्रुको मृत्यु भएको छ । उदयपुरगढी देखी गाईघाट तर्फ आउदै गरेको ना ३ ख ७९४४ नम्वरको बसमा सवार गढीगाप.५ मा बस्ने ५० बर्षिय कृष्ण बहादुर राईको गाडी बाट झर्ने क्रममा लड्दा पछाडीको चक्काले किचि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल बाट सवारी साधन र गाडीका चालक रौतामाई गाँउपालिका –७ बस्ने ४० बर्षिय राजन कुमार राउत लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.