Websoft University

निशुल्क २ दिने स्वास्थ्य शिविर सम्पन्न


मोहन कुमार राई - संखुवासभा , चैनपुर नगरपालिका स्थित विभिन्न स्थानमा दुईदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर पुस २२ र २३ गते सञ्चालन सम्पन्न भएको छ । 


सर्ने तथा नसर्ने विभिन्न रोगहरु आयुर्वेदको माध्यमबाट स्वास्थ्य उपचार गरी स्वास्थ्य नागरिक बनाउने उद्देश्यका साथ पौष २२ गते बुधबार चैनपुर ११ स्थित लुहाकोटमा र पौष २३ गते शुक्रबार चैनपुर ४ स्थित मैदानेको सरस्वती माविमा शिविर सञ्चालन गरिएको चैनपुर नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाका कविराज निरीक्षक दिनेशप्रसाद रायले वताउनुभयो । 


शिविरमा योग र आयुर्वेद औषधीको माध्यमबाट रोगीहरुको निःशुल्क उपचारसेवा प्रदान गरिएको थियो । योगको माध्यमबाट योग अभ्यास तथा योग विधिको प्रशिक्षण पतन्जली योग समितिका अध्यक्ष नर बहादुर अधिकारी र सोही संस्थाका सचिव चन्द्र प्रसाद तामाङले प्रदान गर्नुभएको थियो । शिविरमा प्राथमिक उपचार, पञ्चकर्म, स्नेहन, स्वेदन सेवा, योग सेवा, निःशुल्क औषधी वितरण लगायतको सेवा प्रदान गरिएको थियो । १ सय ६३ महिला र १ सय ११ पुरुष सहित जम्मा २ सय ७४ जना रोगी विरामीहरुको उपचार गरिएको थियो ।  आफुजस्तो सर्वसाधरणले उपचार पाएकोमा ८८ वर्षे भगवती अधिकारीले खुशी व्यक्त गर्नुभयो ।

चैनपुर नगरपालिका आयुर्वेद शाखाको आयोजनामा सञ्चालित सो शिविरमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी  नुरहरी खतिवडा, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द संखुवासभाका प्रमुख डां. रामप्रबोद चौधरी, इलाका प्रहरी कार्यालय चैनपुरकाका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडा,  चैनपुर नगरपालिकाका प्रशासकीय प्रमुख किरण प्रसाद ढकाल, आयुर्वेद स्वास्थ्यकर्मीहरु, लगायतको उपस्थिति रहेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.