Websoft University

नेकपा एस निकट युवासंघको इटहरी अध्यक्षमा समिप चयन


इटहरी पुस २४ गते । रसतो तारा डट कम,नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपालको इटहरी उपमहानगर कमिटी अध्यक्षमा समिप ढकाल चयन भएका छन ।

शनिवार इटहरीमा भएकाले भेलाबाट ढकालको अध्यक्षतामा १५१ सदस्य उपमहानगर कमिटी गठन भएको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा सागर तामाङ, मौसम पराजुली र सन्तोष खडका, सचिवमा रुद्र बिक, सहसचिवमा रुद्र खरेल, सन्दीप हुमागाई, कोषाध्यक्षमा दिपेन्द्र नेपाली र सहकोषध्यक्षमा भुमिका राई चयन भएका छन ।

नेकपा एस सुनसरीका उप–सचिव राजेश भण्डारीका अनुसार इटहरीका युवाहरुले नेकपा एसमा आवद्ध हुदै युवा संघ मार्फत युवाको नेतृत्व क्षमता विकास र खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार, आय आर्जनमा युवाको अधिकार स्थापित गराउन परिचालन हुने बताए ।

उपसचिव भण्डारीले इटहरी उपमहानगर क्षेत्रमा रहेका सवै युवालाई युवा संघ नेपालमा वडा कमिटीदेखी नगरसम्म संगठित गराई इटहरीमा नेकपा एसको साथमा सक्रियता पुर्वक सामाजिक परिवर्तन र सृजनात्मक कार्यमा लाग्ने युवा पक्ती स्थापित गराउने लक्ष्य लिएको बताए ।

नवगठित कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा नेकपा एसका प्रदेश सदस्य ठमनाथ लम्साल, युवा संधका उपाध्यक्ष समिम आलम, सुनसरी उपाध्यक्ष रामचन्द्र मटियैत, उपसचिव राजेश भण्डारी, इटहरी अध्यक्ष गणेश बुढाथोकी, सुनसरीका सदस्यहरु सर्वेश आचार्य,  नारायण ढुङाना, कृष्णप्रसाद नेपाल, प्रेम रौतार, प्रदिप तामाङलगायतले बधाई तथा शुभकामना दिएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.