Websoft University

अहिले सम्मको फुटवल खेलमा मनाङ १३ अङ्क जोडेर शीर्ष स्थानमा पुगेको छ


काठमाण्डौ पुस ६ गते । रातो तारा डट कम, सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटवल खेलको पाँचौं चरण टुङ्गिदा मनाङ मस्र्याङ्दी दोहराएर शीर्ष स्थानमा उक्लेको छ । मनाङ १३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । यसअघि तेस्रो चरणको समाप्तीमा पनि मनाङ शीर्ष स्थानमा थियो । 

पाँचौं चरण टुङ्गिदा चार टिम अझै अपराजित रहेका छन् । मनाङ, डिफेन्डिङ च्याम्पियन मछिन्द्र, आर्मी र सङ्कटा अपराजित रहेका छन् । पाँचौ चरण आइपुग्दा तीन टिमले पहिलो जित निकाले, हिमालयन शेर्पा, जावलाखेल र एपीएफले । अब फ्रेन्ड्स नै त्यस्तो एक मात्र टिम रहेको छ, जसको खातामा जित छैन् । यो चरणसम्म आइपुग्दा आठ टिम एकै जितमा सीमित छन् । 

अहिलेसम्म कुल ३५ खेल भएकोमा २१ मा स्पष्ट नतिजा आएको छ । बाँकी १४ खेल भने बराबरीमा टुङ्गेको छ । पाँचौं चरणमा २८ पहेँलो कार्ड देखाइएको छ । अहिले सम्म खेलमा १ सय ५ पहेँलो कार्ड र एक रातो कार्ड देखाइएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.